काठमाडौं – बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर शिंह लामाले पदबाट राजिनामा दिएका छन । एक बर्ष ९ दिन सरकारको नेतृत्व गरेका लामाले संसदिय दलको नेताको हैसियत गुमाएका थिए । आफ्नै मन्त्रीहरुले राजिनामा दिए पछि कमजोर बनेका उनलाई पार्टी नेतृत्वले राजिनामा दिन निर्देशन दिए पछि पदत्याग गरेका हुन । उनले आफ्नो कार्यकालमा गरेका उपलब्धी सार्वजनिक गर्दै इमानदारी पूर्वक काम गरेको दावी गरे । अब बाग्मती प्रदेश सरकारको नेतृत्व संसदिय दलका नेता इन्द्र बाँनियाँले गर्नेछन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
