काठमाडौं – बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर शिंह लामाले संसदिय दलमा बहुमत गुमाएका छन । सांसद इन्द्र बानियाको पक्षमा २२ सांसदले हस्ताक्षर गरे । सिंहको पक्षमा १५ जनामात्र खुलेका छन् । यस प्रदेशमा कांग्रेसका कुल ३७ सांसद छन् । बहुमतका लागि १९ जना चाहिन्छ ।
मन्नी खड्काको राजिनामा

बागमती प्रदेश सरकारका खानेपानी,ऊर्जा तथा सिंचाई मन्त्री श्याम बहादुर खड्काले मन्त्री पदबाट राजीनामा दिएका छन । बाग्मती प्रदेश सरकार परिवर्तन गर्न कांग्रेस संसदिय दलमा अविश्वास प्रस्ताव दर्ता भएको बेला खड्काले राजिनामा दिएका हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
