काठमाडौं – बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर शिंह लामा विरुद्ध संसदिय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । उनी विरुद्धको अविश्वास प्रस्तावमा चार मन्त्री सहित २१ जनाको हस्ताक्षर छ । लामालाई हटाउन कांग्रेस सभापति शेरबहादुर देउवाले नै निर्देशन दिएका थिए ।
देउवालाई भेटन पुगेका मन्त्रीहरुलाई निर्देशन दिए पछि लामा विरुद्ध अविश्वास प्रस्ताव अघि बढाइएको हो ।अविश्वास प्रस्ताव पारित हुने निश्चित प्रायः छ । अब संसदिय दलको नेतामा इन्द्र बानियाँलाई अघि सार्ने योजना कांग्रेस संस्थापन पक्षको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
