सुर्खेत, असार ३० ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दुई ठूला राजनीतिक दलहरु मिलेकाले तीनै तहका सरकार स्थिर भएपनि काममा केही गुनासाहरु रहेको बताएका छन् । उनले अहिले राजनीतिक स्थिरता भएपनि डेलिभरी भएन भन्ने गुनासाहरु रहेको बताउँदै सत्तामा रहेका राजननीतिकर्मीहरुलेनै असन्तुष्टि बाँड्ने काम भइरहेको बताए ।
ॅनेपाली कांग्रेस र नेकपा एमाले मिल्दा अहिले संघदेखि स्थानीय तहसम्मका सरकार स्थिर भएका छन्,’ सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उपसभापति खड्काले भने, ॅतीन तहका सरकारहरुले गरेका कम, भएका कमजोरी र देशको अर्थतन्त्रको अवस्थाका बारेमा जानकारी नदिइ राजनीतिकर्मीहरुलेनै चोक, चिया–चौतारीहरुमा बसेर असन्तुष्टि बाँड्ने काम भइरहेको छ ।’
उनले यस पटकको केन्द्रीय समिति बैठक ऐतिहासिक भएको बताए । ॅपार्टी सभापतिज्यूले सबैलाई आफ्ना कुराहरु खुलस्त राख्न भन्नुभयो, सबैले आ–आफ्ना कुरा राख्नुभयो,’ उनले भने, ॅसात दिनसम्म चलेको बैठकले सर्वसम्मत निर्णय गर्यो, उपस्थिति, प्रस्तुती र निर्णयका हिसावले यो बैठक ऐतिहासिक रह्यो ।’ उनले बैठकमा संघीय, प्रदेश र स्थानीय तहका सरकारले गरिरहेका कामहरुको समीक्षा भएको बताए ।
उनले अनुशासन समितिको निर्णय केन्द्रीय समितिले नगर्ने बताए । ॅपार्टी विधानले केन्द्रीय अनुशासन समितिले गरेको निर्णय चित्त नबुझ्ने व्यक्तिहरुले केन्द्रीय सभापतिमार्फत केन्द्रीय कार्यसमितिमा पुनरावेदन गर्न पाउने व्यवस्था छ,’ उनले भने ।
उपसभापति खड्काले क्रियाशिल सदस्यता वितरण, नवीकरणलगायतका विषयमा विधानलेनै जिल्लालाई अधिकार दिएको बताउँदै सदस्यता वितरण, नवीकरणलगायतका कामलाई तत्काल अघि बढाउन निर्देशन दिए । ॅयो संगठनको नियमित गर्नुपर्ने पहिलो कर्तव्य हो,’ उनले भने, ॅपार्टी सदस्यता वितरण र नवीकरणलाई निरन्तर अभियानका रुपमा अघि बढाउनुहोस् ।’
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका खड्काले संविधान संशोधन, विकास निर्माणलाई तिब्रता दिँदै जनताका इच्छा र आकांक्षा अनुसार तीब्रगतिमा कामहरु गर्नुपर्ने बताए । उनले जिम्मेवारीमा रहेकाहरु लोभमुक्त भए धेरै सुधार हुने बताए । ॅराजनीतिकर्मी लोभबाट मुक्त हुनुपर्यो, लोभबाट मुक्त भएको मान्छे डरबाट मुक्त हुन्छ,’ उनले भने, ॅडरबाटमुक्त भएको मानिस शीर ठाडो गरेर हिँड्छ ।’
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
