काठमाडौं – कानुन अनुसार स्थानिय तहको बजेट प्रस्तुत हुने दिन असार १० गते हो । तर काठमाडौं महानगर पालिका र धरान उपमहानगर पालिकामा भने बजेट आएन । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकिय अधिकृत सरोज गुरागाई र वडा अध्यक्षहरु विचको द्वन्दले बजेट नआएको हो । काठमाडौं महानगरको नगर सभाको बैठक गत पुष देखि वस्न सकेको छैन । बैठक बसाउने र बजेट ल्याउँने प्रयासहरु सफल हुन सकेका छैनन ।
उता धरान उपमहानगर पालिकाका मेयर हर्क साङ्पाङ र उमेयर उपमेयर अइन्द्रविक्रम बेघाविचको बिवादका कारण बजेट आउँन नसकेको हो । केहि दिन अघि दुई पक्ष विच झड्पको अवस्था समेत आएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
