काठमाडौं – साना तहका कर्मचारीलाई मात्रै मुद्दा लगाएर माथोल्लो तहकालाई जोगाएको आरोप लाग्दै आएको अख्तियार दुरुपयोग अनुशन्धान आयोगले पहिलो पटक पूर्वप्रधानमन्त्रीलाई मुद्धा दायर गरेको छ । पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेर पहिलो पटक कार्यकारी अधिकार प्रयोग गरेका उच्च पदस्थ माथी अख्तियारले हात हालेको छ । पूर्व कार्यकारी प्रमुख विरुद्ध मुद्दा दायर गरेको यो पहिलो पटक हो ।
पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । त्यहि जग्गा विक्रि गर्ने अनुमति दिएको अभियोगमा उनी माथी अख्तियारले मुद्दा दायर गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
