Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमालेमा ‘म झोले हो’ अभियान !


  • सोमबार, जेष्ठ १९ २०८२

  • एमालेमा ‘म झोले हो’ अभियान  !

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली ले ‘म झोले हो’ भन्ने पोष्टर सामाजिक सञ्जालमा पोष्ट गरेका छन । एमाले अध्यक्ष समेत रहेका ओलीले सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिड्नु कैयौ गुणा उत्तम चरित्र हो भन्ने नारा लेखिएको पोस्टर सार्वजनिक गरेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा लेखेका छन –

    ‘हिजोआज एउटालाई भगवान बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरुलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ। सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ।’

    प्रधानमन्त्रीले लेखे पछि एमालेका नेताहरुले आफ्नो तस्वीर राखेर म झोले हुँ भन्ने अभियान सुरु भएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij