काठमाडौं – सर्वेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लाई धरौटीमा छाड्न अस्वीकार गरेको छ । न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामा पठाउन गरेको आदेश नै सदर गरेको हो।
सहकारी ठगी सम्बन्धी मुद्दामा रवि रुपन्देही कारागारमा थुनामा छन । सोहि मुद्दामा थुनामै रहेका पूर्व डिआइजी छविलाल जोशीलाई समेत थुनामै राख्ने आदेश सर्वोच्चले गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
