Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अस्तब्यस्त काठमाडौं महानगर : तिन वडा अध्यक्षद्वारा नयाँ जिम्बेवारी अस्वीकार


  • आइतबार, जेष्ठ ४ २०८२

  • अस्तब्यस्त काठमाडौं महानगर : तिन वडा अध्यक्षद्वारा नयाँ जिम्बेवारी अस्वीकार

    काठमाडौं – काठमाडौं महानगर पालिकाका वडा अध्यक्षहरुले मेयर बालेन्द्र साहले गरेको नयाँ कार्य विभाजन अस्वीकार गरेका छन । आफ्नो आलोचना गरेको निहुमा मेयर साहले चार जना वडा अध्यक्षको विभाग खोसेर अन्य वडा अध्यक्षहरुलाई दिएका थिए । विभाग अस्वीकार गर्नेमा ३ जना वडा अध्यक्ष छन ।

    सुशासन समिति संयोजकको जिम्मेवारी पाएका वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समितिको जिम्मेवारी पाएका वडा नम्बर २४ का अध्यक्ष विनोद कुमार राजभण्डारी र सूचना प्रविधि समितिको जिम्मेवारी पाएका वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापती रहेका छन्।

    विधायन समितिको जिम्मेवारी पाएकी  वडा नम्बर १६ की अध्यक्ष रोजिना श्रेष्ठले के गर्छिन भन्ने प्रष्ट भएको छैन । नगर कार्यसमितिबाट अनुमोदन नगरी मेयर साहले जिम्बेवारी तोकाकाले अस्वीकार गरेका एक वडा अध्यक्षले बताए ।

    कार्यकारी अधिकृत प्रकरणवाट थप अस्तव्यस्त बनेको काठमाडौं महानगरमा गत पुस देखि कार्यपालिका बैठक बस्न सकेको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij