Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मोहन बस्नेत सहित को – को छन, टेरामक्स मुद्दाका प्रतिवादी ?


  • बिहिबार, जेष्ठ १ २०८२

  • मोहन बस्नेत सहित को – को छन, टेरामक्स मुद्दाका प्रतिवादी ?

    काठमाडौं – अख्तियार दुरुपयोग अनुशन्धान आयोगले पूर्व मन्त्री एवं सासंद मोहन बहादुर बस्नेत सहित १६ जना र केहि परामर्शदाता कम्पनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    परामर्शदाता भानराइज सोलुसन एसएएल र त्यसका मुख्य व्यक्ति तथा सीईओ जमल अनौती, भानराइजका लोकल एजेन्ट भनिएका कनेक्शन ट्रेड लिंक प्रालि र त्यसका अध्यक्ष दिलिप कुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेलविरुद्ध मुद्दा दायर भएको छ ।

    भ्रष्टाचार मुद्धा दायर भएका अन्यमा नेपाल दुरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, तत्कालीन सदस्यहरु धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकणका निर्देशक विजयकुमार राय, उपनिर्देशक रेवती राय पन्थ, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हरिण्यप्रसाद वस्ताकोटी, उपनिर्देशक अच्युतानन्द मिश्र, प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडा, निर्देशक दीपेश आचार्य, उपनिर्देशक संदिप अधिकारीलाई प्रतिवादी बनाइएको छ

    ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij