काठमाडौं -वामपन्थी, लेखक, साहित्यकार, नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो ।
उनी पार्किन्सन रोगबाट पीडित थिए ।
२०१० सालमा जन्मिएका नेपाल २०५१ मा तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला सञ्चार मन्त्री बनेका थिए। त्यसपछि शिक्षा मन्त्री भएका थिए।
प्रदीप नेपाल पूर्व शिक्षामन्त्री, सञ्चार, सूचना तथा प्रविधिमन्त्री पनि बनेका थिए । नेपाल नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य समेत थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
