चितवन । चितवनका किसानले बाह्रै महिना सिंचाई उपलब्ध गराउन सरकारसंँग माग गरेका छन । आज ( शनिबार)भरतपुरमा खगेरी सिंचाई जल उपभोक्ता संस्थाको २२ औं साधारण सभामा बोल्दै उनीहरुले नारायणी लिफ्ट सिंचाई आयोजनाको पानी खगेरी सिंचाईमा ल्याउन माग गरेका हुन् ।
खानेपानी , उर्जा तथा सिंचाई मन्त्रालय वाग्मती प्रदेश मन्त्री श्याम बहादुर खड्काले चितवन अन्न उत्पादनको बलियो जिल्ला भएकोले बाह्रै महिना सिंचाई उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको बताए । ‘बाह्रै महिना सिंचाई उपलब्ध गराउने हाम्रो चासो र चिन्ता छ, खड्काले भने, सिंचाईले कृषि उत्पादन मात्र होइन जीवनस्तर र आयआर्जन बृद्धि गर्न पनि मदत गर्छ ।’ सिंचाईको प्रयोग गर्न पाउनु कृषकको मौलिक अधिकार रहेको बताउंँदै उनले दिर्घकालीन समस्याको लागि तीनैतहको सरकारसंँग आफूले समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । अब आउने बजेटमा हरेक घरघरमा पोखरी निर्माणका लागि रिचार्ज वाटरको व्यवस्था गर्छौै। मन्त्रीले खड्काले भने ।
खगेरी सिचाईका सदस्य किशोर पौडेलले चितवन अन्न भण्डारको जिल्ला भएको भन्दै सिंचाई अभावमा खेती गर्न नसकिएको बताए । ‘भरतपुर महानगरको हिसाबमा हेर्ने हो भने प्राय सबैले बोरिङ्ग प्रयोग गरेका छन , पौडेलले भने, यो दिर्घकालिन समाधान होइन हामीलाई बाह्रै महिना नहरको पानी उपलब्ध हुनुपर्छ ।’ उनले खगेरी सिंचाईको पानीले मात्र सिंचाई नपुगेको भन्दै नारायणी लिफ्टबाट पानी ल्याउन माग गरे ।
संस्थाका अध्यक्ष बेल बहादुर गुरुङ्गले सिंचाईको अभावले कैयन जग्गा बांँझो रहेको भन्दै यसको दिर्घकालीन उपाय खोज्न आग्रह गरे । ‘यो सिंचाई हिजोको जस्तो तरीकाले चल्दैन, उनले भने, तीनै तहका सरकारको समन्वयमा बाह्रै महिना सिंचाई हुने समाधान निकाल्नु पर्यो ।’ उनले बर्षाैैसम्म नहरहरु मर्मत नहुनु , पानीका मुहानहरु सुक्दै जानु र पानीपोत शुल्क नउठ्नुका कारण पनि थप समस्या भएको बताए । उनले बाह्रै महिना सिंचाईका लागि पोखरी, ड्याम निर्माण गरि वाटर रिचार्जको लागि बजेट निकासा गर्नुपर्नेमा जोड दिए ।
चितवन राष्ट्रिय निकुञ्जका वार्डेन गणेश पन्तले जल जलाधारको संरक्षण गर्नुपर्ने भन्दै यसबाट जीवनस्तर र आयआर्जन गर्न सकिने बताए । बीसहजारी ताललाई रिचार्ज वाटरको रुपमा प्रयोग गर्न सकिने बताउंँदै उनले यसले पर्यापर्यटनलाई समेत टेवा पुग्ने बताए ।
मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले जलवायु परिवर्तनका कारण पानीका स्रोतहरु सुक्दै गएकोले यसलाई भण्डारण गर्न दिर्घकालीन योजना हुनुपर्ने बताए । उनले चितवनमा भईरहेको अव्यवस्थित जग्गा खण्डीकरणलाई रोकेर हरेक टोल टोलम रिर्चाज पोखरी निर्माण हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नारायणी लिफ्ट सिंचाई आयोजनका प्रमुख प्रकाश तिमिल्सिनाले नारायणी लिफ्टको पानीलाई खगेरीमा जोड्न सकारात्मक भएको बताए । उनले सिंचाईको दिर्घकालीन सुविधाको लागि डीप बोरिङ्गबट पानी निकालेर नहरमा लैजार्न सकिने समेत बताए ।
वागमती प्रदेश सभा सदस्य गीता गुरुङ्गले सबै सरोकार निकायले पार्टीभन माथी उठेर काम गर्नुपर्ने बताईन । उनले जलाधार, जलाशयको संरक्षण संर्वद्धन गर्नु सबैको दायित्व रहेको बताइन् ।
खगेरी सिंचाईबाट हाल ५ हजार ६सय हेक्टर क्षेत्रफलमा सिंचाई हुंँदै आएको अध्ययनले देखाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
