काठमाडौं – काठमाडौं महानगर पालिकाको नगर प्रहरी बलको ज्यादती ले सिमा नाघेको छ । नगर प्रमुख राजुनाथ पाण्डे देखि जवान सम्मको ज्यादतिले महानगर आतंकित छ । मेयर बलेन्द्र साह प्रति वफादार नगर प्रहरीले वालुवाटारमा साइकलमा यात्रा गरिरहेका यात्रु माथी हिंसात्मक व्यवहार गरेको छ । सामाजिक सञ्जालमा दृष्य भाइरल भए पछि महानगरले कारवाही गर्ने बताएको छ । नगर प्रहरी नगरवासीको हितमा परिचालन हुनु पर्नेमा वल प्रयोग, अपमान र थचोमियो गर्नेमा प्रयोग गरिदै आएको छ ।
संविधानले नागरिकलाई निर्वाध हिडडुल गर्न पाउँने हकको सुनिश्चित गरेको छ । तर कठमाडौ महनगरको प्रहरीहरु नागरिकलाई हिड्डुल गर्न समेत अवरोध गर्ने गर्छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
