Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं टावर भत्काउँदै महानगर !


  • बुधबार, चैत्र १३ २०८१

  • काठमाडौं टावर भत्काउँदै महानगर !

    काठमाडौं – काठमाडौं महानगर पालिकाले काठमाडौं टावर भत्काउँने जनाएको छ । मेयर बालेन्द्र साहको सचिवालयले काठमाडौं टावर भत्काउने निर्णय भएको संचार माध्यमहरुलाई बताएका छन । नक्सापास सम्बन्धी विवादमा परे पछि महानगरले टावर भत्काएर भ्रष्टाचारमा संलग्नहरुलाई पर्दाफास गर्ने बताएको हो । टावरको नक्सा पास गर्दा भ्रष्टाचार गरेको भन्दै प्रमुख प्रशासकिय अधिकृत सरोज गुरागाईलाई महानगरले काम गर्न दिएको छैन ।

    यहि विवाद चर्किदै गए पछि संघिय सरकारले अर्को अधिकृत नपठाए पछि महानगर अस्तब्यस्त भएको छ । कर्मचारीको तलब रोकिएको छ भने सबै खालका भुक्तानी ठप्प छ ।

    महानगर प्रमुख बालेन्द्र साहले विगत केहि समय देखि प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध कटाक्ष गर्दै आए पछि महानगर र सरकार विच सम्बन्ध विग्रदै गएको छ । ओलीलाई मेयर साहले भ्रष्टाचारी को आरोप लगाउँदै आएका छन ।

    विवाद थप पेचिलो बन्दै गए पछि मेयर साह काठमाडौं टावर नै भत्काउँने तयारीमा पुगेको उनको सचिवायसंग सम्बन्धित पदाधिकारी बताउँछन् ।

    र यो पनि

    कार्टुन

    काठमाडौं महानगरमा एमाले र कांग्रेसबाट निर्वाचित उपमेयर सहितका वडा अध्यक्षहरू मेयरसंग मिल्दा उनलाई कुनै पनि निर्णय गर्न समस्या छैन । आफ्नै पार्टी अध्यक्ष ओलीलाई साहले मेयर कै हैसियतमा निरन्तर भ्रष्टाचारी भन्दै आरोपित गर्दा पनि उपमेयर सुनिता डंगोलले मेयरलाई नै साथ दिदैं आएकी छिन । कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरु पनि मेयर साहका बफादार रहदै आएका छन ।

    काठमाडौं टावर जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले निर्माण गरिरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij