Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मेयर बालेन्द्र साहले टुकुचामा गाढ्ने चेतावनी कसलाई दिएका हुन ?


  • मंगलबार, चैत्र १२ २०८१

  • मेयर बालेन्द्र साहले टुकुचामा गाढ्ने चेतावनी कसलाई दिएका हुन ?

    काठमाडौं – महानगर पालिकाका मेयर बालेन्द्र साह आफ्नो सामाजिक सञ्जालको स्टाटसले गर्दा वेला बेलामा विवादमा पर्ने गरेका छन । पछिल्लो पटक उनले त्यस्तै विदास्पद अभिव्यक्ति दिएका छन । उनले महानगरका सफाई कर्मचारीले सात दिन भित्र तलब नपाए टुकुचामा गाढिदिने चेतावनी दिएका छन । तर उनले कसलाई प्रष्ट खुलाएका छैनन ।

    उनको आक्रोश संघिय सरकार प्रति भएकाले संघिय सरकारलाई नै टुकुचामा गाढ्ने भनेको हुन सक्ने देखिन्छ । महानगरका प्रमुख प्रशासकिय अधिकृत सरोज गुरागाई लाई नक्सा पासको प्रकरणमा भ्रष्टाचार गरेको भन्दै छानविन समिति बनाएर काम गर्नबाट रोकेका बालेन्द्रले नयाँ अधिकृतको माग गरिरहेका छन । तर सरकारले गुरागाईलाई नै काम गर्ने वातावरण बनाउँन भन्दै पत्र पठाएको छ ।

    बालेन्द्रले आफ्ना तीन कर्मचारीलाई प्रतिवेदन लेख्न लगाएर गुरागाई भ्रष्टाचारी नै हुन भन्ने देखाउँन खोजेका छन । उनले प्रतिवेदन भन्दै सार्वजनिक गरेको विवरण छानविन समितिको प्रतिवेदन होइन । समिति निष्क्रिय भइसकेको छ ।

    यता १८ जना वडा अध्यक्ष सहित कार्यपालिका सदस्यहरूले यथासिघ्र बैठक बोलाउँन माग गरेका छन । तर बैठक कहिले बस्छ भन्ने टुङ्गो लागेको छैन । बैठकको माग गरिए लगतै उनले शहरी विकास मन्त्री प्रकाशमान शिंह प्रति कटाक्ष गर्दै आलोचना गरेका थिए ।

    बालेन्द्र साहले लेखेका छन :

    काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले !

     

    को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !

     

    त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो!!

    मेयर बालेन्द्र साहले टुकुचामा गाढ्ने चेतावनी कसलाई दिएका हुन

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij