Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसमा ब्यापारी , ठेकेदार र विचौलियाहरु शक्तिशाली !


  • शुक्रबार, चैत्र ८ २०८१

  • कांग्रेसमा ब्यापारी , ठेकेदार र विचौलियाहरु शक्तिशाली !

    काठमाडौं – नेपाली कांग्रेसमा ब्यापारी , ठेकेदार र विचौलियाहरु शक्तिशाली बन्दै गएको देखिएको छ । पार्टी निति र शिद्धान्त भन्दा पनि विभिन्न स्वार्थ समूहमा पार्टी फस्दै गएको प्रष्ट देखिन थालेको छ । पार्टी नेतृत्वबाटै स्वार्थ समूह र तिनका प्रतिनिधि लाई महत्वपूर्ण जिम्बेवारी दिइदै जाँदा इमानदार, क्षमतावान र योगदान गरेकाहरु पाखा पर्न थालेका छन ।
    पार्टी र पदको आढमा उनीहरुले मनलागी गर्दा समेत पार्टी पदाधिकारी र नेताहरु निरिह बन्दै गइरहेको देखिन्छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कूलमान घिसिङ विरुद्ध नलाग्न ऊर्जा मन्त्री दिपक खड्‌का लाई महामन्त्री गगन थापाले सार्वजनिक रूपमै चेतावनी दिए । तर थापाले त्यसो भनेको साता दिनमै खड्‌काले संसदमै उभिएर कूलमानको आलोचना मात्रै गरेनन अब घर – घरमा लोडसेडिङ हुने घोषणा गरे ।
    यसबाट प्रष्ट हुन्छ महामन्त्री भन्दा मन्त्री धेरै शक्तिशाली रहेछन । खड्कालाई स्काउट जग्गा कब्जा गरेको आरोप छ भने उनी हाइड्रो र होटल लगाएत व्यवसायमा संलग्न छन ।
    अर्का ब्यवसायी कांग्रेस नेता तथा संसद्मा मुख्य सचेतकको जिम्बेवारीमा रहेका श्याम घिमिटेले त संसदमै कानुन विपरितको धारणा राखे । यौन व्यवसाय खुला गर्ने विषयलाई संसद्‌मा उठाएका घिमिरेले पछि आफ्नो भनाई फिर्ता लिए ।
    ऊर्जा राज्यमन्त्री कान्छा लामा कालो सुचिमा परेका ठेकादार हुन भने अर्का ठेकेदार वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर शिंह लामा पार्टी कमाण्ड भन्दा बाहिर गएर काम गरिरहेका छन ।
    ब्यवासायी विनोद चौधरीलाई कांग्रेसले निर्वाचन लढाएर सांसद बनाएको छ भने ब्यवसायी उमेश श्रेष्ठलाई पार्टीको कोषाध्यक्ष नै बनाइएको छ । राजेन्द्र बजगाँई, शुनिल शर्मा जस्ता व्यवसायी पनि कांग्रेसमा राम्रै प्रभाव राख्दछन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij