Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

किन जान मान्दैनन् काठमाडौं महानगरमा सह-सचिव ?


  • शुक्रबार, फाल्गुन १६ २०८१

  • किन जान मान्दैनन् काठमाडौं महानगरमा सह-सचिव ?

    काठमाडौं – विहिवार सरकारले एकैचोटि ७८ सहसचिवको सरुवा गऱ्यो । यति ठूलो संख्यामा सरकारले सहसचिव सरुवा गर्दा पनि काठमाडौं महानगर पालिकाले प्रमुख प्रशासकिय अधिकृत पाएन । त्यहाँ कार्यरत सहसचिव सरोज गुरागाईलाई भ्रष्टाचार आरोपमा महानगर प्रमुख बालेन्द्र साहले छानविन समिति गठन गठन गरे पछि उनी विदामा छन । त्यसो त महानगरमा अढाई वर्षमा भित्रमा चार जना प्रमुख प्रशासकिय अधिकृत फेरिइ सकेका छन ।

    यस पल्ट सरकारले दुई महिना देखि रिक्त प्रमुख प्रशासकिय अधिकृत पठाउँन चाहे पनि अधिकृतहरु नै महानगर जान नचाहे पछि पठाउँन सकेन । अधिकृत नहुँदा महानगरको आर्थिक कारोबार देखि प्रशासनिय कार्य सम्पादन ठप्प छ ।

    किन जान मान्दैनन् महानगरमा सह-सचिव ?

    खास गरेर महानगर प्रमुख बालेन्द्र साहको कार्यशैलीकै कारण सह सचिवहरु संघिय राजधानीको महानगरको प्रशासकिय नेतृत्वमा जान नचाहेका हुन । सामान्य गल्ती र कमजोरीकै कारण पनि मेयर साहले स्टनवाजी गर्दै निजामती सेवाको करिअर समाप्त पारिदिने खतराका कारण सह सचिवहरु महनगर जान नचाहेका हुन ।

    एक सह – सचिव भन्छन् : ‘यस अघिका चार सह सचिवले भोगेको नियतिका कारण अनावश्यक जोखिम मोलेर काठमाडौं महानगरमा को जान्छ ? उनका अनुसार मेयर साह मात्र होइन, उनका दर्जनौ सल्लाहकार रिझाएर काम गर्न सजिलो छैन ।’

    महानगरमा वर्षो देखि काम गर्दै आएका कर्मचारी समेत उकुसमुकुसमा रहेको ति अधिकृतले खुलाए ।

    सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार केहि समय संघिय सरकारले मेयर साहलाई अप्ठ्‌यारो पार्न अधिकृत पठाएन, अहिले कोहि जानै मान्दैनन् । विशेष गरेर सहसचिव गुरागाईले काठमाडौं भ्यू टावरको नक्साको विषयलाई लियर महानगरले गठन गरेको समिति लाई लिएर संघिय निजामति प्रशासनका सहसचिवहरु काठमाडौं महानगरसंग झस्किएका हुन ।

    अन्तियारले कारवाही गर्न सक्ने विषयलाई महानगरले समिति बनाएर छानविन गर्नु कानुन सम्बत नभएको कर्मचारीको भनाई छ ।

    मेयर साहले महानगरमा नगर प्रहरीलाई बाहेक अरुलाई महत्व दिदैनन् । अझ प्रमुख प्रशासकिय अधिकृत लाई त उनी संघिय सरकारको अंग नै मान्छन । त्यहि भएर कुनै सहसचिव काठमाडौं महानगर जान रुचि राख्दैनन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij