
अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना मुलुक भित्र तथा बिदेशमा गरिने फिजुल खर्च घटाउन अभियान चलाएका छन्। ठिकै हो,उसको नजरमा फजुल खर्च देखिने, बिदेशमा हुने लगानी कटौति गर्नु युएसको काम हो।
भारतमा मतदाता शिक्षा र नेपालमा वित्तीय संघीयता यसरी नै संसारभरको अमेरिकी लगानीलाई ट्रम्पले अनेकन् उपमा दिएका छन्। यस्ता लगानी, बिशेषतः युएसएड मार्फत दिईएको अनुदान ट्रम्पको नजरमा उसका करदाताको रकमको ठगी भनेका छन्। उनले भन्न सक्छन्, कसले रोक्ने?
सबैले बिचार्नु र हेर्नु पर्ने कुरा त तेसको उपयोग भए नभएको कुरा हो। ट्रम्पले बोलेका कुरामा-नेपालमा वित्तीय संघीयता (फिजकल फेडेरेलिज्म) का लागि दिईएको रकम ठगी हो। उसको करदाताको रकमको ठगी हो, यही नै भनेका हुन्। यद्यपि उनले “फिजकल फेडेरेलिज्म” शब्दलाई प्रयोग गरे, जुन मूलतः संघीयतासंग सम्बन्घित छ। बस- यसैमा यहाँका संघीयता बिरोधी मण्हडलेरूले मौका पाएका छन्। शायद ट्रम्पले वित्तीय संघीयता न बोलि दिएको भए यिनीहरूका कुण्डलिनी जाग्दैन्थ्यो होला। सारा तुष तथा भडास् पोख्न थालेका छन्।
युएसएडले नेपालमा सन् १९५१ देखि नै वित्तीय सहयोग दिन शुरू गरेको हो। तेती खेर कार्यक्रमको यो नाम पनि थिएन, “प्वाईन्ट फोर प्रोगाम” भनिन्थ्यो, पछि “युएसएड” भनियो। नेपाल अमेरिकी सहायता पाउने प्रारम्भिक मुलुक मध्येका हुन्। अहिलेका यी पंचमांगी, जिन्जर समूहहरूले यस तथ्यलाई बुझेकै छैनन् कि “तिनका राजा”का पुरै निरंकुश हालिमुहाली रहेको पंचायती शासनकालका चरम उत्कर्षको बेला, सन् १९८० देखि १९९० सम्म, यूएसएआईडीले नेपाललाई करिब ३०० देखि ४०० मिलियन अमेरिकी डलर विकास सहायता प्रदान गरेको थियो। सो दशकमा यूएसएआईडीको सहयोग उल्लेखनीय थियो, जसअनुसार वार्षिक औसत करिब ३० देखि ४० मिलियन अमेरिकी डलर रह्यो। यसको शत्प्रतिशत रकम पंचायती व्यवस्थालाई सफल देखाउने बिभिन्न कार्यक्रमहरूमा खर्च गरिन्थ्यो। तिनलाई राजाका स्वप्न योजना “एशियाली मापदण्ड” याद हुनै पर्छ।
मलाई यो लेख्न मन थिएन। अहिले सबै प्रतिगमनकारीहरूले संघीयतालाई अचानोमा पारेका छन्। यसमा तर वा ठाँटो मार्ने “क्रिमी लेयर” खानेहरू केही बोल्दैनन्। मेरो लागि भने नेपालको यो गोरू संघीयता, जो ब्याउने छैन-“निर्धोको स्वास्नी सबका भाऊजु” सरह भएकोले यहाँ घाँटी चिलाएकोले खुकुरीलाई जिस्क्याएको मात्र हुँ।
जय प्रकाश आनन्दको फेसवुक वालबाट साभार
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
