Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पोखराबाट खड्काको सन्देश : आरजु स्थापित गर्न तयार छु


  • बुधबार, माघ २३ २०८१

  • पोखराबाट खड्काको सन्देश : आरजु स्थापित गर्न तयार छु

    काठमाडौं – नेपाली कांग्रेसले पोखरामा आयोजना गरेको प्रशिक्षण कार्यक्रमले विवाद र असन्टुष्टि सृजना गरेको छ । पार्टीको ७७ जिल्ला सभापति र प्रशिक्षण शाखाको प्रमुखहरु भेला आयोजना गरि अभिमुखुकी करण आयोजना गरेको कांग्रेसले पार्टीका नेता डा . शेखर कोइराला सहित पूर्व पदाधिकारी कसैलाई पनि खबर र निम्ता नगरिए पछि पार्टी भित्र असन्तुष्टि चुलिएको छ ।

    पार्टीको निति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा निम्ता नगरिएको प्रति पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले उपसभापति एवं उक्त प्रतिष्ठानका संयोजक पूर्वबहादुर खड्‌कासंग असन्तुष्टि प्रकट गरेका थिए । आफुलाई निम्ता नगरिएको प्रति डा . कोइराला समेत असन्तुष्ट छन ।

    कार्यक्रममा पदाधिकारीको लर्को लागे पनि पदाधिकारी नभएका पार्टीका थुप्रै सिनियर नेताहरूले कार्यक्रमबारे खबर समेत पाएनन् । निक्कै तामझाम गरी आयोजना गरिएको कार्यक्रमको उदेश्य अर्कै रहेको विश्लेषण हुन थालेको छ ।

    उक्त कार्यक्रमका डिजाइनर तथा आयोजक उप सभापति पूर्णबहादर खड्‌का हुन । खड्‌काले आफ्नो राजनितिक लाभलाई मध्यनजर गरेरै उक्त कार्यक्रम आयोजना गरेका हुन । देशभरका अगुवा नेतृत्व भेला पारेर खड्‌काले पोखरामा कार्यक्रम गर्नुको मुख्य दुई उद्देश्य रहेको बताइन्छ ।

    पहिलो उदेश्य, १५ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाको उत्तराधिकारीका रूपमा प्रस्तुत गर्नु हो । पार्टी विधानतः १५ महाधिवेशनबाट नेतृत्वबाट विदा हुन लागेका देउवाको उत्तराधिकारी को हुने भन्ने होडवाजी कांग्रेस भित्र छ ।

    महामन्त्री गगन थापा र पूर्वमहामन्त्री शसाङ्क कोइरालाको नामा देउवाको उत्तराधिकारीका रूपमा चर्चा चल्न थाले पछि खड्‌कालाई यो कार्यक्रम आयोजना गर्न पर्ने बाध्यता आइपरेको हो ।

    दोस्रो उदेश्य, देउवाको उत्तराधिकारी बन्न उनकी पत्नी एवं परराष्ट्र मन्त्री आरजु देउवा राणालाई भावि नेतृत्वमा सुनिश्चित हुने गरी पदाधिकारीमा ‘सेट’ गर्नु पर्ने ‘ओपन’ सर्त छ । आफु सोहि कामको लागी तयार रहेको सन्देश दिन खड्‌काले पोखरामा पार्टीका अर्को पक्षलाई निषेध गरेर कार्यक्रमको आयोजना गरेका हुन । उक्त कार्यक्रममा आरजु भावी नेतृत्वमा आउने चर्चा मात्रै चलाइएन सभापति देउवाले प्रष्ट संकेत समेत गरे । गगन र शसाङ्कले समेत सभापतिका लागी देउवाको समर्थन पाउँन आरजु स्थापित गर्ने सर्त पालना गर्नु पर्ने हुन्छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij