काठमाडौं – नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को नयाँ नेतृत्वको लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ । अध्यक्षमा पाँच जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । अध्यक्षमा उम्मेदवारी दिनेहरूमा उपदेशकुमार यादव, योगेन्द्रबहादुर बुढा, विजयप्रकाश शर्मा सापकोटा, सुदीन पौडेल र हेमन्त राई छन् । माघ १२ गते शनिबार नयाँ कमिटीका लागि मतदान हुनेछ ।
उपाध्यक्षका लागि २० जनाको उम्मेदवारी परेको छ भने महासचिवमा ८ जनाले उम्मेदवारी दिएका छन् । महासचिवमा तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतिक कार्की, रोशन थापामगर, शिव बस्नेत, श्यामबहादुर मिजार, सञ्जयकुमार महतो र सञ्ञिव फुँयाल उम्मेदवार बनेका छन् ।
अखिल (क्रान्तिकारी) को २४३ जनाको केन्द्रीय समितिमा पदाधिकारी ३३, सचिवालय सदस्य ४८, केन्द्रीय सदस्य १६२ जनाको लागि निर्वाचन हुनेछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
