Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माओवादी र एमाले बैठकबारे प्रचण्डको तुलनाः आन्तरिक लोकतन्त्र र तानाशाही प्रवृत्तिको राम्रो उजागर भयो


  • मंगलबार, पुष २३ २०८१

  • माओवादी र एमाले बैठकबारे प्रचण्डको तुलनाः आन्तरिक लोकतन्त्र र तानाशाही प्रवृत्तिको राम्रो उजागर भयो

    काठमाडौं, २३ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी र नेकपा एमाले केन्द्रीय समिति बैठकको तुलना गर्दै यसले राजनीतिक धार र वर्गीय विश्व दृष्टिकोण स्पष्ट गरेको टिप्पणी गर्नुभएको छ । उहाँले पार्टी केन्द्रीय समितिको बैठक समापन सत्रलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गर्नुभएको हो ।

    ‘बडो विचित्रको संयोग पनि भन्न सकिन्छ । पुस २१ गतेदेखि हामीले केन्द्रीय समितिको बैठक सुरु गर्यौं र त्यही दिनदेखि अर्को एउटा एमालेले पनि त्यही दिनदेखि बैठकको सुरुवात गर्यो । यी दुई पार्टी, दुई बैठक र दुई कार्यदिशालाई मानिसहरुले पक्कै पनि तुलना गरेर हेरेकै होलान् । यी दुई प्रवृत्तिको पक्कै पनि नेपाली जनताले हेक्का राखेकै होलान्’– उहाँले भन्नुभयो– ‘म के मात्रै भन्न चाहन्छु भने हामीले बैठकमा कसैलाई गालीगलौज गर्नेभन्दा वैचारिक राजनीतिक ढंगले सुशासन, सामाजिक र आर्थिक समृद्धिको हाम्रो मूलभूत उद्देश्यमा केन्द्रित भएर दस्तावेज तयार पारेका छौं । यसमा हाम्रो समाजवादतर्फको यात्राको प्रतिबद्धतालाई योजना र कार्यक्रमद्वारा यसको औचित्य सिद्ध गर्ने गरी प्रस्तुत गरेका छौं भने अर्को पार्टीको सम्पूर्ण ध्यान गालीगौजमा, झुठा र भ्रामक प्रचारमा, मुख्यतः माओवादी पार्टी र नेतृत्वका विरुद्ध आक्षेप लगाउने कुरामा नै बढी केन्द्रित देखियो ।’

    यसलाई नेपाली जनताले राम्रोसँग हेरिरहेको एल्लेख गर्दै उहाँले माओवादीले सरकारमा रहँदा या सरकारबाहिर रहँदा पनि विगतका अनुभवका समीक्षा र आत्मसमीक्षासहित देशको भावना, यसको आवश्यकता र जनताको चाहनालाई सम्बोधन गर्ने जमर्को गरिरहेको छ भने अर्को पार्टीे भ्रष्टाचारीहरुलाई बनाउने, बेथिति र विकृतिलाई प्रोत्साहन गर्ने ढंगले आएको छ भन्ने कुरा प्रष्ट देखिएको बताउनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘एउटाले विचारमा आधारित पार्टी निर्माणलाई जोड दिएको छ भने अर्कोले वैचारिक रुपमा वुर्जुवा अराजकतावादलाई जोड दिएको छ । यो कुरा नेपालको र अन्तर्राष्ट्रिय श्रमिक वर्गले आज दुई वटालाई तुलना गरेर हेरि नै राखेको छ ।’

    उहाँले एमालेभित्र आन्तरिक लोकतन्त्र समाप्त भएको र आफूहरुले मत व्यवस्थापनका लागि जनवादी केन्द्रीयताको नीति प्रभावकारीरुपमा कार्यान्वयन गरिरहेको उल्लेख गर्दै भन्नुभयो– ‘एउटा पार्टीको बैठकको पृष्ठभूमि हेर्नुभयो भने नेपाली जनताले पनि यो चाहि अलि नमिल्दो भयो, एउटा त्यस्तो व्यवसायी जसको बारेमा अदालतमा मुद्दा दर्ता छ, त्यो पनि जग्गा कसको हो भन्ने नटुंगिदै पार्टीको ओज र गरिमालाई ख्याल नगरी दान लिन हुँदैन्थ्यो भन्ने दुई जना महिला नेताहरुले आलोचना गरेकै भरमा अनुशासनको डण्डा चलाएर कारवाही गर्ने र झण्डै ४५ वर्ष पार्टीमा योगदान गरेका नेतालाई निष्काशन गर्ने विधिद्वारा नोकरशाही केन्द्रीयता र तानाशाहीद्वारा आफ्नो प्रभुत्वद्वारा व्यवस्थापन गर्ने कोशि गरे भने हाम्रो पार्टीमा मतहरुलाई सम्मान गर्ने, आएका मतहरुलाई देशैभरि परमार्शमा लैजाने, खुलस्त राख्ने वातावरण बनाउने र सहमति र समझदारी बनाउने कोशिस गरियो । यी दुई पार्टीका दुई बैठकले देखाएका दुई कार्यशैली, जनवादी केन्द्रीयतालाई ह्याण्डिल गर्ने दुई विश्व दृष्टिकोण देखिए ।’

    यो कुरा पक्कै नेकपा एमालेभित्र रहेका इमान्दार, प्रगतिशील र बामपंथी नेता कार्यकर्ताहरुले हिसाबल गरेको हुनुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘तपाइँ हामीले पनि यो हिसाब गर्नैपर्छ । हामीले पार्टीभित्र आउने बहसलाई कसरी ह्याण्डल गर्दैछौं र गर्छौं भने अरु वुर्जुवा पार्टीहरुले र खासगरी संशोधनवादीहरुले कसरी हयाण्डल गरे र गर्दारहेछ भन्ने कुरा पनि राम्रो उदाहरण यी दुई बैठकबाट सिक्न सकिन्छ ।’

    यी दुई बैठकले राम्रो स्कुलिङ खासगरी एमालेभित्रका इमान्दार नेता कार्यकर्तालाई पनि राम्रो शिक्षा र बाम ध्रुवीकरण र बामपंथी एकताका लागि वैचारिक, राजनीतिक, कार्यशैलीगत र संस्कारगत स्कुलिङ पनि राम्रोसँग उजार गर्ने उहाँको टिप्पणी थियो । ‘यो विषय एउटा कोठाभित्रको बैठकको अभ्यास मात्र नभएर कुन धारको प्रवृत्ति के भन्ने प्रष्ट गर्दछ । एउटाले यो देशका मजदूर, किसान, आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित, थारु, महिला सबैतिर फर्केर उनीहरुको हक अधिकारका लागि संघर्ष गर्ने प्रतिज्ञा गरेको छ भने अर्कोले तिनका अधिकार खोस्नका लागि तथाकथित् संविधान संविधान संशोधनमार्फत त्यसलाई कमजोर पार्ने कोशिस गरेको छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘एउटाले हिजो हामीले प्रस्तुत गरेका संघीयता कार्यान्वयनका लागि आवश्यक शिक्षा, निजामित लगायतका विधेयक पारित गर्न जोड लगाउने निर्णय गरेको छ भने अर्कोतले संघीय कमजोर पार्ने प्रयास गरेको छ ।’

     

    सम्बोधनको अंशः

    बडो विचित्रको संयोग पनि भन्न सकिन्छ । पुस २१ गतेदेखि हामीले केन्द्रीय समितिको बैठक सुरु गर्यौं र त्यही दिनदेखि अर्को एउटा पार्टी एमालेले बैठकको सुरुवात गर्यो । यी दुई पार्टी, दुई बैठक र दुई कार्यदिशालाई मानिसहरुले पक्कै पनि तुलना गरेर हेरेकै होलान् । यी दुई प्रवृत्तिको पक्कै पनि नेपाली जनताले हेक्का राखेकै होलान् ।

    म के मात्रै भन्न चाहन्छु भने हामीले बैठकमा कसैलाई गालीगलौज गर्नेभन्दा वैचारिक राजनीतिक ढंगले सुशासन, सामाजिक र आर्थिक समृद्धिको हाम्रो मूलभूत उद्देश्यमा केन्द्रित भएर दस्तावेज तयार पारेका छौं । यसमा हाम्रो समाजवादतर्फको यात्राको प्रतिबद्धतालाई योजना र कार्यक्रमद्वारा यसको औचित्य सिद्ध गर्ने गरी प्रस्तुत गरेका छौं भने अर्को पार्टीको सम्पूर्ण ध्यान गालीगौजमा, झुठा र भ्रामक प्रचारमा, मुख्यतः माओवादी पार्टी र नेतृत्वका विरुद्ध आक्षेप लगाउने कुरामा नै बढी केन्द्रित देखियो । मलाई लाग्छ यसलाई नेपाली जनताले राम्रोसँग हेरिरहेको स्थिति छ । माओवादीले सरकारमा रहँदा या सरकारबाहिर रहँदा पनि विगतका अनुभवका समीक्षा र आत्मसमीक्षासहित देशको भावना, यसको आवश्यकता र जनताको चाहनालाई सम्बोधन गर्ने जमर्को गरिरहेको छ भने अर्को पार्टीे भ्रष्टाचार, बेथिति र विकृतिलाई प्रोत्साहन गर्ने ढंगले आएको छ भन्ने कुरा प्रष्ट देखिएको छ ।

    एउटाले विचारमा आधारित पार्टी निर्माणलाई जोड दिएको छ भने अर्कोले वैचारिक रुपमा वुर्जुवा अराजकतावादलाई जोड दिएको छ । यो कुरा नेपालको र अन्तर्राष्ट्रिय श्रमिक वर्गले आज दुई वटालाई तुलना गरेर हेरि नै राखेको छ । एउटा पार्टीको बैठकको पृष्ठभूमि हेर्नुभयो भने नेपाली जनताले पनि यो चाहि अलि नमिल्दो भयो, एउटा त्यस्तो व्यवसायी, जसको बारेमा अदालतमा मुद्दा दर्ता छ, त्यो पनि जग्गा कसको हो भन्ने नटुंगिदै पार्टीको ओज र गरिमालाई ख्याल नगरी दान लिन हुँदैन्थ्यो भन्ने दुई जना महिला नेताहरुले आलोचना गरेकै भरमा अनुशासनको डण्डा चलाएर कारवाही गर्ने र झण्डै ४५ वर्ष पार्टीमा योगदान गरेका नेतालाई निष्काशन गर्ने विधिद्वारा नोकरशाही केन्द्रीयता र तानाशाहीद्वारा आफ्नो प्रभुत्वद्वारा व्यवस्थापन गर्ने कोशिस गरियो भने हाम्रो पार्टीमा मतहरुलाई सम्मान गर्ने, आएका मतहरुलाई देशैभरि परामर्शमा लैजाने, खुलस्त राख्ने वातावरण बनाउने, सहमति र समझदारी बनाउने कोशिस गरियो ।

    यी दुई पार्टीका दुई बैठकले देखाएका दुई कार्यशैली, जनवादी केन्द्रीयतालाई ह्याण्डल गर्ने दुई विश्व दृष्टिकोण देखिए । मलाई लाग्छ, यो कुरा पक्कै नेकपा एमालेभित्र रहेका इमान्दार, प्रगतिशील र बामपंथी नेता कार्यकर्ताहरुले हिसाबल गर्नुभएकै होला । तपाइँ हामीले पनि यो हिसाब गर्नैपर्छ । हामीले पार्टीभित्र आउने बहसलाई कसरी ह्याण्डल गर्दैछौं र गर्छौं भने अरु वुर्जुवा पार्टीहरुले र खासगरी संशोधनवादीहरुले कसरी हयाण्डल गरे र गर्दारहेछ भन्ने कुरा पनि राम्रो उदाहरण यी दुई बैठकबाट सिक्न सकिन्छ ।

    यी दुई बैठकले राम्रो स्कुलिङ, खासगरी एमालेभित्रका इमान्दार नेता कार्यकर्तालाई पनि राम्रो शिक्षा दिन्छ । यसले बाम ध्रुवीकरण र बामपंथी एकताका लागि वैचारिक, राजनीतिक, कार्यशैलीगत र संस्कारगत स्कुलिङ यसले राम्रोसँग देखाएको छ । यो विषय एउटा कोठाभित्रको बैठकको अभ्यास मात्र नभएर कुन धारको प्रवृत्ति के भन्ने प्रष्ट गर्दछ । एउटाले यो देशका मजदूर, किसान, आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित, थारु, महिला सबैतिर फर्केर उनीहरुको हक अधिकारका लागि संघर्ष गर्ने प्रतिज्ञा गरेको छ भने अर्कोले तिनका अधिकार खोस्नका लागि तथाकथित् संविधान संविधान संशोधनमार्फत त्यसलाई कमजोर पार्ने कोशिस गरेको छ ।

    एउटाले हिजो हामीले प्रस्तुत गरेका संघीयता कार्यान्वयनका लागि आवश्यक शिक्षा, निजामति लगायतका विधेयक पारित गर्न जोड लगाउने निर्णय गरेको छ भने अर्कोतले संघीयता कमजोर पार्ने प्रयास गरेको छ । समग्रमा दुई पार्टीका बैठकबाट एमाले उदार पुँजीवादी वुर्जुवा संस्कृतितिर अगाडि बढेको तथाकथित् कम्युनिष्ट गुट हो भन्ने देखिएको छ भने अर्कोतिर हाम्रो पार्टी वैचारिक निष्ठासहित समाजवादप्रति अगाडि बढ्न जमर्को गरेको पार्टी हो भन्ने देखिएको छ । यी दुई दलका प्रवृत्ति आगामी दिनमा अझ स्पष्टरुपमा देखा पर्दै जाने छन् । हामीले तयार पारेको राजनीतिक दस्तावेज प्रभावकारीरुपमा कार्यान्वयन गर्दै जाँदा हाम्रो र एमालेबीचको भेद स्पष्ट रुपमा देखा पर्दै जाने छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij