काठमाडौं – कांग्रेस उपसभापति धनराज गुरुङसंग नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरोले मंगलवार पाँच घण्टा बयान लिएको छ । मितेरी सहकारीको रकम अपचलन सम्बन्धी आरोप लागेका गुरुङसंग सिआइबीले दोस्रो पटक बयान लिएको हो । सत्तारुढ कांग्रेसलाई आफ्नो उपसभापतिमाथी छानविन प्रभावित गरेको आरोप लाग्दै आएको छ ।
सहकारी ठगी प्रकरणमा धनराजकी पूर्वपत्नी ज्योति गुरुङ र ज्योतीबहादुर भण्डारीविरुद्ध रेड नोटिस समेत जारी भएको छ । तर उनीहरू पक्राउ पर्न सकेका छैनन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
