Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मन्त्रीपरिषद पुर्नगठन : कांग्रेसका मन्त्री हटाउन सकस !


  • मंगलबार, कार्तिक २७ २०८१

  • मन्त्रीपरिषद पुर्नगठन : कांग्रेसका मन्त्री हटाउन सकस !

    काठमाडौं – सरकारले सय दिन पुरा गरे पछि मन्त्रीपरिषद पुर्नगठनको तयारीमा लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री हटाउन र नयाँ नियुक्त गर्न सकस परेको छ । कार्यसम्पादन राम्रो नभएका मन्त्री हटाउने भनिए पनि संयुक्त सरकार भएकाले सहज भने छैन । कार्यसम्पादनका दृष्टीले एमालेबाट बनेका मन्त्री हटाउन प्रधानमन्त्रीलाई समस्या नभए पनि कांग्रेसका मन्त्रीहरु हटाउन सजिलो छैन । कांग्रेसका पनि विभिन्न गुटको प्रतिनिधित्व गरेर मन्त्री भएकाले सभापति देउवाले चाहेर मात्रै मन्त्री हटाउन सजिलो छैन ।

    नेकपा एमालेबाट मन्त्री बनेका उद्योगमन्त्री दामोदर भण्डारी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको कामबाट प्रधानमन्त्री सन्तुष्ट छैनन । हुनत लोसपावाट श्रममन्त्री बनेका शरतशिंह भण्डारीसंग पनि ओली खुसी छैनन ।

    जनस्तरबाटै कार्यक्षमतामा प्रश्न उठाइएका गृहमन्त्री रमेश लेखकलाई हटाउन पनि कठिन छ । लेखक सभापति देउवाका निकटमात्र होइन, अहिलेको समिकरण निर्माणका योजनाकार नै मानिन्छन । वाढी पहिरोको समयमा मात्र होइन, सामान्य अवस्थामा समेत उनको कार्यक्षमतामा प्रश्न उठ्ने गरेको छ ।

    प्रधानमन्त्री आफै पनि लेखकको कामसंग सन्तुष्ट छैनन् । लेखक हट्ने सम्भावना कम भए पनि कांग्रेस भित्र उनलाई हटाएर कृष्ण सिटौलालाई गृहमन्त्री बनाउँनु पर्ने आवाज उठ्दै आएको बताइन्छ । राष्ट्रिय सभा अध्यक्ष बन्ने उद्देश्यले राष्ट्रिय सभा सदस्य बनेका सिटौला माओवादीले धोखा दिएकाले अध्यक्ष बन्न पाएनन् ।

    कांग्रेसकै पर्यटन मन्त्री बद्री पाण्डे र प्रदिप पौडेलको कार्य सम्पादनमाथी पनि प्रश्न उठ्दै आएको छ । त्रिभुवन विमान स्थालको धावन मार्ग मर्मतका नाममा उडानहरूमा भारी कटौती भए पछि हवाई टिकटको मुल्य आकासिंदा श्रमिक सहित बाहिरबाट आउने पर्यटक मर्कामा परेका छन । आगामी चैत सम्म यस्तै अवस्था रहे पर्यटन क्षेत्र र वैदेशिक श्रम क्षेत्र तहस नहस हुने भन्दै चिन्ता व्यक्त हुन थालेको छ । नेपाल वायु सेवा निगमको व्यवस्थापन देखि पशुपति धर्मशाला प्रकरण सम्म पाण्डेले प्रभावकारी काम गर्न नसकेको आरोप छ ।

    यता स्वास्थ्य मन्त्री प्रदीप पौडेलसंग पनि प्रधानमन्त्री ओली खुसी छैनन । सस्तो लोकप्रियताका लागी हचुवा निर्णय गर्ने र संचार माध्यममा प्रचार गर्नमै रमाएका पौडेलकोलाई ओलीले एक पटक सम्झाई सकेका छन ।

    अर्थ मन्त्रालय लगायत सरोकार निकायसंग छलफल र समन्वय नगरी सस्तो प्रचारका लागी निर्णयहरु नगर्न प्रधानमन्त्रीले सम्झाए पनि पौडेल रोकिएका छैनन । पौडेलको कार्यशैलीले स्वास्थ्यका कर्मचारी आजित भएका छन ।

    कांग्रेस महामन्त्री गगन थापाको कोटाबाट मन्त्री भएकाले थापाको चाहना बेगर पौडेल हट्ने सम्भावना भने न्युन छ ।

    विभिन्न विवादमा मुछिएका उर्जा मन्त्री दिपक खड्का, राज्यमन्त्री कान्छाराम तामाङ लाई हटाउन समेत ओलीलाई सजिलो छैन । खड्का कांग्रेस नेता डा. शसाङ्क कोइराला निकट हुन भने तामाङ सभापति देउवा निकट । मन्त्रीपरिषद पुर्नगठन एमालेका केहि मन्त्री हटाउनेमै सिमित हुने सम्भावन देखिन्छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij