Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

श्रीलंकालाई हराउँदै नेपाल बन्यो समूह विजेता


  • बिहिबार, कार्तिक ८ २०८१

  • श्रीलंकालाई हराउँदै नेपाल बन्यो समूह विजेता

    काठमाडौं-साफ महिला च्याम्पियनसिप २०२४ मा घरेलु टोली नेपाल समूह ‘बी’को विजेता बनेर सेमिफाइनलमा पुगेको छ। बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६-० गोलले पराजित गरेर समूह विजेता बन्यो।

    बिहीबार समूहको अन्तिम खेलमा नेपालले श्रीलंकाविरूद्ध पहिलो हाफमै चार गोल गर्दा दोस्रो हाफमा दुई गोल गर्‍यो। नेपालका लागि रेखा पौडेलले दुई गोल गरेकी छन्। अघिल्लो खेलमा माल्दिभ्सविरूद्ध पाँच गोल गरेकी रेखाले बिहीबार श्रीलंकाविरूद्ध १३ र ३६ मिनेटमा गोल गर्न सफल भइन्।  त्यसअघि आठौं मिनेटमा सविता रानामगरले साम्बाको पासमा डिबक्सभित्रबाट गोल गरेर नेपाललाई अग्रता दिलाएकी थिइन्।

    दोस्रो हाफमा नेपालले थप दुई गोल गर्‍यो। अमिषा कार्कीले ४७ मिनेटमा नेपालका लागि पाँचौ गोल गरेकी थिइन्। नेपालले दोस्रो हाफको इन्जुरी समयमा नेपालले छैटौं गोल गरेको थियो। नेपालका लागि रश्मीकुमारी घिसिङले सो गोल गरेका थिइन्  ।

    अब नेपालले आइतबार दोस्रो सेमिफाइनलमा भारतसँग खेल्नेछ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij