काठमाडौं – संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिका पुगेका प्रधानमन्त्री केपी ओली ले नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ । नेपाली दुतावासले सुचना जारी गर्दै कार्यक्रम स्थगित गरिएको जनाएको हो । दुतावासको सुचनामा भनिएको छ –
‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू तथा माननीय परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाज्यूको संयक्त राष्ट्र संघको महासभा, भविष्यको शिखर सम्मेलन तथा अन्य साइडलाइन मिटिङ्गहरुमा व्यस्त रहनु परेको र समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे संबन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ। यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट यस महावाणिज्यदूतावास दुःख प्रकट गर्दछ,’नेपाली महावाणिज्यदूतावास न्यूयोर्कले जारी गरेको सूचनामा भनिएको छ।
प्रधानमन्त्रीकोको कार्यक्रम रोकिनुमा नेपालमा विकसित राजनितिक घटनाक्रमलाई मानिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई सहकारी ठगीमा पक्राउ गर्ने तयारीका कारण उनका सर्मथनले ओली सहभागी कार्यक्रम मा विरोध गर्न सक्ने देखिएर स्थगित गरिएको आकलन गरिएको छ । सरकारले संसदिय समितिको प्रतिवेदन कार्यान्वयन गर्न लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको छ भने उनीसंग जोडिएका गोर्खा मिडियाका तत्कालीन संचालन पूर्वडिआइजी छविलाल जोशीलाई पक्राउ गरिसकेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
