Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ओलीसंगको भेट ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित : मोदी


  • सोमबार, असोज ७ २०८१

  • ओलीसंगको भेट ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित : मोदी

    न्युयोर्क (अमेरिका) ७ असोज । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ । उहाँहरुबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको हो ।

    भेट पछि  प्रधानमन्त्री मोदीले नेपालसंगको सम्बन्धलाई अझ गति दिन चाहेको बताएका छन । उनले ओलीसंगको भेट ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित भएको बताए ।

    सामाजिक सञ्जाल एक्समा भोदीले भनेका छन :

    प्रधानमन्त्री केपी ओलीसँग न्यूयोर्कमा निकै राम्रो भेट भयो । भारत-नेपाल मित्रता धेरै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौं। हाम्रो वार्ता ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित थियो 

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij