Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लायन्स क्लबको आयोजनामा पहिलो गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता हुने


  • मंगलबार, असोज १ २०८१

  • लायन्स क्लबको आयोजनामा पहिलो गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता हुने

    काठमाडौं – लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आयोजनामा पहिलो गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता हुने भएको छ ।
    असोज ४ र ५ गते पोखरा रंगशालामा हुने प्रतियोगितामा १६ जना राष्ट्रिय बाइक रेसिङ खेलाडीहरुले भाग लिँदैछन् । यो प्रतियोगिता लायन्स क्लबको आयोजनामा पहिलोपटक हुन लागेको डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले जानकारी दिइन् ।

    प्रतियोगिताको सम्पूर्ण प्राविधिक पक्षको जिम्मेवारी मोटर स्पोर्टस् नेपाल क्लबले लिएको छ । प्रतियोगिताको पहिलो दिन असोज ४ गते प्राक्टिस राउन्ड हुने र दोस्रो दिन ५ गते प्रतियोगिता हुने डिष्ट्रिक्ट ३२५ जे का स्पोर्टस् चिफ लायन अनिल कुमार बरालले जानकारी दिए ।

    प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई कप र नगद पुरस्कार प्रदान गरिनेछ भने सहभागी सबैलाई मेडल र प्रमाणपत्र प्रदान गरिने चिफ पिआरओ लायन रामराजा थापाले बताए । खेलको संयोजन भने लायन्स क्लब अफ काठमाडौं युनाईटेड स्टार्स र लायन्स क्लब अफ पोखराले गरिरहेका छन् ।

    समाजसेवामा सक्रिय लायन्स क्लबले युवा शशक्तिकरणमा जोड दिँदै मोटर स्पोर्टस्को प्रवद्र्धन गर्न प्रतियोगिता आयोजना गरेको डिष्ट्रिक्ट स्पोर्टस् को चिफ लायन शिव श्रेष्ठले जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij