काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी संघिय संसद्मा आक्रामक ढंगवाट प्रस्तुत भएको छ । विहिवारको बैठकमा उक्त पार्टीका सांसदहरु सरकार विरुद्ध खरो रूपमा प्रस्तुत भएका छन । पार्टी अध्यक्ष समेत रहेका सांसद रवि लामिछानेले भ्रष्टाचार मुद्दामा हदम्याद मान्य नहुने भन्दै कडा प्रतिवाद गरे । सोहि पार्टीका सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्य क्षमता माथी प्रश्न उठाएकी छिन । शिक्षा मन्त्री विद्या भट्टराईले सामाजिक सञ्जालबाट सुरक्षा माग गरेको विषयमा उनले प्रश्न गर्दै प्रधानमन्त्री नै विश्व विद्यालयको कूलपति भएको भन्दै प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नु पर्ने कारण के भन्दै प्रश्न गरेकी हुन्।
उनले शिक्षकले राजनिति गर्नु पर्छ भन्ने विषयको प्रधान सेनापति प्रधान मन्त्री भएको आरोप लगाईन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
