Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मिडियालाई सञ्चारमन्त्री गुरुङको सुझाव : नराम्रो कामप्रति निर्मम र राम्रो कामको पक्षमा वकालत गरिदिनोस


  • शनिबार, भाद्र १ २०८१

  • मिडियालाई सञ्चारमन्त्री गुरुङको सुझाव : नराम्रो कामप्रति निर्मम र राम्रो कामको पक्षमा वकालत गरिदिनोस

    काठमाडौं, साउन ३२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सुशासनको अभाव रहेको बताएका छन् । काठमाडौंमा शुक्रबार राष्ट्रिय समाचार समितिको रासस मिडिया संग्रहालय शुभारम्भ गर्दै सञ्चारमन्त्री गुरुङले नेपालीहरूले भोगिरहेको सबैभन्दा ठूलो समस्या सुशासन रहेको र सरकार नागरिकप्रति उत्तरदायी हुन नसकेको बताउनु भयो ।

     

    सञ्चारमन्त्री गुरुङले नराम्रो काम गरेको ठाउँमा मिडिया निर्मम हुने र राम्रो कामको पक्षमा वकालत गर्न पनि मिडियालाई सुझाव दिनुभयो । सञ्चारमाध्यम सरकारको आलोचनासँगै सत्यतथ्यमा आधारित हुनुपर्ने भन्दै उहाँले सरकारको भजन गाउनु नपर्ने र भ्रष्टाचारको ढाकछोप नगर्न पनि आग्रह गर्नुभयो ।

     

    सत्तामा पुगेपछि कानमा तेल हाल्ने मन्त्रीहरूको आलोचना गरी उनीहरूलाई जनउत्तरदायी बनाउन सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने गुरुङको भनाई छ । जम्मा बजेटको ३० प्रतिशत विकास बजेट छुट्याएपनि १५ प्रतिशत मात्रै खर्च हुने कुराले देश बन्न नसक्ने मन्त्री गुरुङको भनाइ छ । भ्रष्टाचार भइरहने, बिचौलियाको बिगबिगी भइरहने, जनताको आशा र अपेक्षाप्रति उत्तरदायी हुन नसक्ने परिस्थिति अन्त्य गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

     

     

     

    ‘हामीले गत वर्ष झन्डै झन्डै पछि १५ खर्बमा झारेको १८ खर्ब ५१ अर्ब बजेट थियो । ३ खर्ब विकासका लागि छुट्याएको । जम्मा डेढ खर्ब खर्च भयो,’ मन्त्री गुरुङले भन्नुभयो । उहाँले सुशासनको प्रत्याभूति हुन नसकेर सरकार जति रेस्पोन्सिबल हुनुपर्ने हो त्यो हुन नसकेर साँच्चै नै रुल अफ ल ठीक ढंगले कामय नभएको बताउनु भयो ।

     

     

     

    ‘सुशासनको प्रत्याभूति हुन नसकेर सरकार जति रेस्पोन्सिबल हुनुपर्ने हो त्यो हुन नसकेर साँच्चै नै रुल अफ ल ठीक ढंगले कामय भएन । यो लाजमर्दो कुरा हो । जम्मा बजेटको ३० प्रतिशत पनि विकास बजेट हुँदैन । तर त्यो पनि आधा भनेपनि जम्मा बजेटको १५ प्रतिशत हुन्छ । त्यस्तो देशमा विकास कसरी हुन्छ ? उत्पादन, उत्पादकत्व कसरी बढ्छ ? मिडियाले आफ्नो भुमिका राम्रोसँग पूरा गर्ने हो भने सरकार उत्तरदायी हुन बाध्य हुन्छ, जनता र मुलुकको समस्याप्रति । सत्तामा पुगेपछि कानमा तेल हाल्ने मन्त्रीहरुको आलोचना गर्नुपर्छ,’ सञ्चारमन्त्री गुरुङले भन्नुभयो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij