Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

श्रीलंकाले जित्यो एसिसी महिला एसिया कप २०२४ को उपाधि


  • सोमबार, साउन १४ २०८१

  • श्रीलंकाले जित्यो एसिसी महिला एसिया कप २०२४ को उपाधि

    काठमाडौं– श्रीलंकाले एसिसी महिला एसिया कप २०२४ को उपाधि जितेको छ। आइतबार श्रीलंकाको दम्बुलामा भएको फाइनलमा घरेलु टोलीले भारतलाई ८ विकेटले पराजित गरेको हो।

    टस जितेर पहिले ब्याटिङ गरेको भारतले ६ विकेटको क्षतिमा १६५ रन जोड्यो। उसका लागि स्मृति मन्धनाले सर्वाधिक ६० रन जोडिन् भने ऋचा घोषले ३० रनको योगदान गरिन्। बलिङमा श्रीलंकाकी कभिसा दिलहरीले २ विकेट लिए।

    १६६ रनकको लक्ष्य श्रीलंकाले १८।४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। ओपनर गुणरत्ने एक रनमा आउट भए पनि चमरी अथापथ्थुले ६१ र हर्षिताले नटआउट६९ रन जोडिन्।

    आयोजक राष्ट्र श्रीलंकाकी कप्तान अथापथ्थु प्लेयर अफ सिरिज भइन्। श्रीलंकाले पहिलो पटक एसिया कप जितेको हो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij