Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राजनीतिमा श्याम खड्काको लोभलाग्दो छलाङ !


  • बिहिबार, साउन १० २०८१

  • राजनीतिमा श्याम खड्काको लोभलाग्दो छलाङ !

    काठमाडौं – २०७८ मंसिर अघि सम्म काठमाडौं क्षेत्र नं . ५ का महाधिवेशन प्रतिनिधि रहेका श्यामबहादुर खड्का कांग्रेसको राजनितिमा सामन्य चर्चामा सिमित थिए । पार्टीले दिएका जिम्बेवारी पुरा गर्ने र पार्टीलाई निर्वाचनमा विजयी गराउँने कार्यमा सक्रियतापूर्वक भूमिका खेल्ने खड्‌काले पार्टीको १४ औं महाधिवेशनमा क्षेत्र नं . ५ को सभापतिमा लड्ने घोषणा गरे ।

    क्षेत्रिय सभापतिमा चुनाव लड्ने घोषणा गरेका खड्कालाई निर्वाचनसम्म उम्मेदवार कायम रहन्छन् कि रहदैनन भन्ने धेरैलाई शंका थियो । तर वडा स्तरबाटै कांग्रेसको राजनितिमा होमिएका खड्‌का यस पटक चुनावी प्रतिस्पर्धामा दृढ थिए ।

    पिता पञ्चायत कालमै प्रधानपञ्च थिए । घर देखि नै राजनितिक माहोल देख्दै र भोग्दै आएका खड्‌का आफ्नो राजनितिलाई हस्तक्षेपकारी ढंगवाट अघि बढाउने योजनामा थिए । छोटो समयमा नै क्षेत्रको राजनिति आफ्नो हातमा लिन सफल खड्‌काले पार्टीको क्षेत्रिय निर्वाचन परिणाम सहजै आफ्नो पक्षमा पारे । क्षेत्रिय सभापति बन्नु खड्‌काको राजनितिक जीवनको एउटा महत्वपूर्ण मोड थियो ।

    त्यस लगत्तै स्थानिय निर्वाचन र त्यस पछि आम निर्वाचन आउँदै थियो । स्थानिय निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकाको मेयरमा निर्वाचन लड्ने कि आम निर्वाचन कुर्ने भन्ने दुई वटा विकल्प खड्‌का सामु थियो ।

    उनले आम निर्वाचनको विकल्प रोजे । गएको निर्वाचनमा काठमाडौं क्षेत्र नं . ५ को ‘ख’ वाट वाग्मती प्रदेश सभा निर्वाचन लडे । उक्त निर्वाचन आफ्नो पक्षमा पार्दै उनी प्रदेश सभा सदस्य बने । छोटो अवधिमा उनले हासिल गरेको यो दोस्रो महत्वपूर्ण सफलता थियो ।

    क्षेत्रिय सभापति र प्रदेश सांसदको भूमिका निर्वाह गरिरहेका खड्‌काले पछिल्लो पटक वाग्मती प्रदेश सरकारमा मन्त्रीको जिम्बेवारी प्राप्त गरेका छन । तीन वर्ष नवित्दै उनले हासिल गरेको तेस्रो महत्वपूर्ण सफलता हो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij