Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ओलीले दाहाललाई भने – ‘अव राष्ट्रिय सरकार बनाऔं’


  • सोमबार, असार १७ २०८१

  • ओलीले दाहाललाई भने – ‘अव राष्ट्रिय सरकार बनाऔं’

    काठमाडौं – पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार संकटमा परेको छ । नेकपा माओवादी केन्द्र र एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी सहितका दलहरु मिलेर बनेको सत्ता गठवन्धनमा समस्या आए पछि सरकार संकटमा परेको हो ।

    सोमवार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रिय सहमतिको सरकार बनाउँन बाटो खोलिदिन अनुरोध गरेका थिए । यसको सिधा अर्थ दाहाललाई राजिनामा दिनुस भन्नु हो । कांग्रेससंग सत्ता सहकार्यको कुरा टुङ्गोमा पुऱ्याएर ओली दाहाललाई भेट्न पुगेका थिए ।

    अब एमाले र कांग्रेस मिलेर सरकार बनाउँने तर्फ अघि बढेका छन । कांग्रेस आन्तरिक छलफलमा जुटेको छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना मन्त्रीहरुलाई निवास बालकोटमा बोलाएका छन । आजै सत्ता गठवन्धनका बारेमा महत्वपूर्ण निर्णय हुने सम्भावना देखिएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij