काठमाडौं – नेकपा एकिकृत समाजवादी को महाधिवेशन मा नेकपा एमाले अनुपस्थित भएको छ । एमालेबाटै छुट्टिएर गठन भएको उक्त पार्टीको महाधिवेशन आइतबारबाट काठमाडौंमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले गरेका छन।
उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।
साथै जसपा, नेपालबाट विभाजित भएर बनेको जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत क्रियाशील राजनीतिक दलका नेता उपस्थित छन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
