Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सहकारी पिडितलाई न्याय माग्दै महिला संघ सड्कमा


  • बुधबार, जेष्ठ २ २०८१

  • सहकारी पिडितलाई न्याय माग्दै महिला संघ सड्कमा

    काठमाडौं। नेपाल महिला संघले सहकारीको बचत अपचलनमा गृहमन्त्री रवी लामिछानेको संलग्नता रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै विरोध प्रदर्शन गरेको छ।

     

    नेपाली कांग्रेसले संघीय संसदका दुबै सदनमा गृहमन्त्री लामिछानेमाथि सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै संसदको नियमित कारबाही अबरुद्ध गरिरहेको बेला उसको भ्रातृ संस्थाले भने सडकबाटै छानबिन समिति गठनको माग गरेको हो।

     

    राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई संसद भवन नयाँवानेश्वरमा संवोधन गरिरहँदा कांग्रेसले सदन अवरोध नगरे पनि उसका भ्रातृ संस्था नेपाल महिला संघले भने सडकमा जुलुस निकालेर आन्दोलनको संकेत गरेको छ।

     

    नेपाल महिला संघले मंगलबार शान्तिवाटिकामा विरोध प्रदर्शन गरेको छ । जहाँ कांग्रेसका भातृ संस्थाहरू नेपाल विद्यार्थी संघ र नेपाल तरूण दलका कार्यकर्ताहरुले साथ दिएका थिए।

     

    नेपाल महिला संघकी अध्यक्ष उषा राउत मिश्रले सहकारी ठगीमा संलग्न सहकारी संस्था, सदस्य र सम्बन्धित व्यक्तिहरूलाई कानुनको दायरामा ल्याउन तत्काल निष्पक्ष संसदीय छानबिन समिति गठन गर्न माग गरेकी छन्।

     

    महिला संघ अध्यक्ष मिश्रले मंगलबार एक विज्ञप्ति जारी गर्दै सहकारीका समस्यालाई दीगो रुपमा समाधान गर्न, पीडितहरुलाई न्याय दिलाउन र सहकारी ठगी प्रकरणमा संलग्नहरुलाई कानुनको दायरामा ल्याउन संसदीय छानविन समितिको माग गरेकी छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij