Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट 


  • शुक्रबार, बैशाख १४ २०८१

  • प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट 

    काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ याङले शिष्टाचार भेट गर्नुभएको छ ।

     

    प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरूबीच नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको थियो ।

     

    सो अवसरमा प्रधानमन्त्री प्रचण्डले लगानीका लागि नेपाल उपयुक्त गन्तब्य भएको बताउँदै भौतिक पूर्वाधार निर्माणमा एडिबीको महत्वपूर्ण लगानी रहेको बताउनुभयो । उहाँले नेपालमा हुन गइरहेको लगानी सम्मेलनमा नेपालले प्रभावकारी एवं लगानीयोग्य आयोजनाहरु प्रस्ताव गर्ने जानकारी दिनुभयो ।

     

    “सरकारले कानुनी एवं नीतिगत सुधार गरी लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरेको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यो नेपालमा लगानीको उपयुक्त अवसर हो ।”

     

    भेटमा एडिबीका उपाध्यक्ष याङले नेपालको रणनीतिक आयोजनामा लगानी गर्न एडिबी तयार रहेको उल्लेख गर्दै आगामी दिनमा नेपालमा थप लगानी गर्नेगरी बैंकले रणनीति तय गर्ने बताउनुभयो ।

     

    भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा रुपक सापकोटा एवं एडिबीका नेपालस्थित उच्च अधिकारीको पनि उपस्थिति रहेको थियो ।

    ––––

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij