काठमाडौं – नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई जन्म कैदको फैसला भएको छ । निर्वाचनका वेला इट्टा भट्टामा हालेर मान्छे मारेको अभियोग लागेका आलमलाई रौतहट जिल्ला अदालतले २० वर्ष कैद फैसला गरेको हो ।
न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले उनलाई विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा दोषी ठहर गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
