Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नयाँ वर्षका अवसरमा गृहमन्त्रीको तीन घोषणा


  • शुक्रबार, चैत्र ३० २०८०

  • नयाँ वर्षका अवसरमा गृहमन्त्रीको तीन घोषणा

    काठमाडौं – गृह एवं उप प्रधानमन्त्री रबि लामिछानेले तीववटा घोषणा गरेका छन । सुरक्षाको प्रत्याभूति सहित ठमेल तथा दवारमार्ग क्षेत्र २४ घण्टा खुला, माइतिघर देखि वानेश्वर सम्मको निषेधित क्षेत्र हटाउने र विरोध प्रदर्शनका क्रममा भएका सार्वजनिक सम्पत्ति नोक्सानीको सम्बन्धित व्यक्ति वा संस्थालाई विल पठाई असुल उपर गर्ने रहेको छन । उनले गरेको घोषणा यस्तो छ :

    नयाँ वर्षसँगै तीन सुरुवात–

    ,◾ काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र हटाइएको छ।

    ◾ठमेल र दरवारमार्ग क्षेत्र व्यापारिक प्रयोजनका लागि स्पष्ट मापदण्ड, आचारसंहिता र पूर्ण सुरक्षा प्रत्याभूतिसहित नयाँ वर्ष २०८१ सँगै २४ सै घण्टा खुल्दै छ।

    ◾ शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारप्रति सम्मान छ। यो लोकतन्त्रको सौन्दर्य हो। तर, आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गर्न पाइँदैन।त्यसैले, आन्दोलनका क्रममा भएको वा हुने क्षतिको भर्पाईका लागि आयोजक (व्यक्ति, संस्था वा दल)लाई बिल पठाउने र सरकारी बाँकी सरह उठाउने निर्णय भएको छ। मैले कार्यकाल सुरु गरेपछिका प्रदर्शनका क्रममा भएका सार्वजनिक क्षतिको विवरण संकलन भइरहेको छ। बिल चाँडै पठाइने छ।

    नयाँ वर्ष २०८१ को शुभकामना।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij