काठमाडौं – सरकारले राष्ट्रिय सभाको सदस्यमा अन्जान शाक्यलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको छ । आजको मन्त्री परिषद बैठकले सो निर्णय गरेको हो । राष्ट्रपतिबाट मनोनित हुने प्रावधानवाट उनलाई राष्ट्रिय सभा सदस्यमा सिफरिस गरिएको हो । नेकपा एमाले निकट शाक्य यस अघि इजरायलको राजदुत बनेकी थिइन ।
बैठकले संसदको चालु अधिवेशन अन्त्य गरेको छ । त्यसैगरी सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
