Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सभापतिकै हैसियतमा देउवाले भने : हर्ष उल्लाशका साथ महाधिवेशनमा सहभागी हुनुस्


  • बिहिबार, असोज १५ २०८३

  • सभापतिकै हैसियतमा देउवाले भने : हर्ष उल्लाशका साथ महाधिवेशनमा सहभागी हुनुस्

    काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले हर्ष उल्लाशका साथ महाधिवेशन मा सहभागी हुन अपिल गरेका छ्न । आफ्नो पक्षको वडा अधिवेशनकोन दिन विज्ञप्ती जारी गर्दै उनले भनेका छन :

    आदरणीय नेपाली काग्रेसका साथिहरु,
    जय नेपाल।

    नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तरगतको देशभरका वडाहरुको अधिवेशन आजबाट सुरु हुदैछ। झण्डै आठ दशक लामो इतिहास बोकेको पार्टीको यो अधिवेशन निकै महत्वपूर्ण छ। हामीले नेपालमा लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता, विधिको शासनका लागि गरेका वलिदान,त्याग र सर्घषलाई थप मजवुत बनाउन पनि १५ औं महाधिवेशन हाम्रा लागि निकै महत्वपूर्ण छ।
    म तमाम नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुमा आजदेखि देशभरका ६ हजार ७ सय ४३ वडामा एकै साथ विधि र प्रक्रिया पुरा गरेर सुरु हुन लागेको अधिवेशनमा हर्ष उल्लाशका साथ सहभागि भएर सम्पन्न गर्नुहुनु हार्दिक अनुरोध गर्दछु।
    साथै पार्टीभित्रको मतभेदलाई १५ औं महाधिवेशन मार्फत समाधान गरेर पार्टीलाई थप मजवुत बनाउने प्रण पनि गर्दछु।
    जय नेपाल।

    शेरबहादुर देउवा
    सभापति,नेपाली कांग्रेस

    मिति: २०८३/०६/१५

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij