काठमाडौं – नेपाली कांग्रेसको देउवा पक्षले आज वडा अधिवेशन गदैछ । यो अधिवेशन संगै कांग्रेस औपचारिक विभाजन तर्फ अघि बढेको छ । गगन थापा पक्षको पनि अधिवेशन प्रक्रिया चलिरहेको छ । कांग्रेसको अधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधित छ ।
वडा अधिवेशनको आघिल्लो दिन संयोजन डा. शासाङ्क कोइरालाले विज्ञप्ती जारी गर्दै भनेका छन :
नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत भोलिबाट प्रारम्भ हुन लागेको वडा अधिवेशन पार्टीको संगठनात्मक जीवन र लोकतान्त्रिक अभ्यासका दृष्टिले महत्वपूर्ण चरण हो । यस अवसरमा नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यहरूलाई उच्च उत्साह, जिम्मेवारी र सक्रियताका साथ वडा अधिवेशनमा सहभागी हुन हार्दिक अनुरोध गर्दछु।
वडा अधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र होइन, पार्टीको संगठनलाई नयाँ ऊर्जा दिने, कार्यकर्ताबीचको एकतालाई थप मजबुत बनाउने र नेपाली कांग्रेसलाई जनताको भरोसाको पार्टीका रूपमा अझ सशक्त बनाउने महत्वपूर्ण अवसर पनि हो । त्यसैले व्यक्तिगत आग्रह-पूर्वाग्रहभन्दा माथि उठेर आपसी सद्भाव, सहकार्य, लोकतान्त्रिक मूल्य र पार्टीको बृहत्तर हितलाई केन्द्रमा राख्दै अधिवेशनलाई सफल बनाउन सबै साथीहरू एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दछु।
वडा तहदेखि नै संगठनलाई बलियो, अनुशासित र जनमुखी बनाउँदै १५ औं महाधिवेशनलाई उत्साह, एकता र लोकतान्त्रिक अभ्यासको सशक्त उत्सवका रूपमा सम्पन्न गर्न सबैको सक्रिय भूमिका अपरिहार्य छ ।
यस महत्वपूर्ण अवसरमा देशभरका सम्पूर्ण साथीहरूलाई वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार र जिम्मेवारी निर्वाह गर्न हार्दिक अपिल गर्दछु ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
