काठमाडौं – नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ५ को क्षेत्रिय सभापतिमा ओमकृष्ण विमलीले उम्मेदवारी घोषणा गरेका छन । कांग्रेसको टोखा नगर सभापति रहेका विमली त्यस क्षेत्रका लोकप्रिय नेता हुन । वडा सभापति हुँदै कांग्रेस नेतृत्वमा प्रवेश गरेका विमलीले विगतमा जस्तै साथीहरुको माया, स्नेह र विश्वासको मत प्राप्त गर्नेमा विश्वस्त रहेको बताए । यतिवेला पार्टी प्रतिकूल अवस्थामा रहेकाले औसत कार्यशैली र नेतृत्वले उपलब्धी हासिल नहुने भएकाले नविन सोच र कार्यशैलीका साथ आफु प्रतिस्पर्धामा उत्रिन लागेको उनले बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
