Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बागमति प्रदेश सरकार जोगियो, राप्रपा समेतको नाटकिय सहमति


  • मंगलबार, भाद्र ९ २०८३

  • बागमति प्रदेश सरकार जोगियो, राप्रपा समेतको नाटकिय सहमति

    काठमाडौं – बागमती प्रदेश सरकारले विश्वासको मत पाउने भएको छ । सरकारमा जाने कि नजाने भन्ने विवादमा फसेको राप्रपा समेत सहमतिमा आए पछि नेकपा एमालेबाट मुख्य मन्त्री बनेका किरण थापा नेतृत्वको सरकार जोगिने भएको हो । राप्रपा सहमतिमा आए पछि विश्वासको मतको लागी आवश्यक संख्या पुगेको छ ।

    कांग्रेसको बहिष्कार

    यता विपक्षी नेपाली कांग्रेस्‌ले संसदमा विश्वासको मत लिने बैठक बहिष्कार गर्ने भएको छ । कांग्रेस ले भनेको छ : ‘२०८३ भदौ १० गते मुद्दाका दुवै पक्षलाई छलफलका लागि बोलाइएको अवस्थामा अदालतको अवहेलना हुने गरी सभामुखले संसद्मा माननीय मुख्यमन्त्री किरण थापा मगरको विश्वासको मत सम्बन्धी प्रक्रिया अघि बढाउन खोज्नु भएको छ। यसले अदालतको अवहेलनाका साथै प्रदेशसभामा रहेका दलहरूको समेत अवमूल्यन भएको नेपाली कांग्रेसको ठहर रहेको छ।’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij