Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसको क्रियाशिल अद्यावधिकको म्याद थपिदै, दावी गरेभन्दा आधा अद्यावधिक !


  • बिहिबार, जेष्ठ २८ २०८३

  • कांग्रेसको क्रियाशिल अद्यावधिकको म्याद थपिदै, दावी गरेभन्दा आधा अद्यावधिक !

    काठमाडौ – नेपाली कांग्रेसले सक्रिय सदस्यताकाठमाडौ – नेपाली कांग्रेसले सक्रिय सदस्यता अद्यावधिक गर्ने म्याद थप गर्ने तयारी गरेको छ । आधा भन्दा बढीले अद्यावधिक नगरे पछि म्याद थपको तयारी गरिएको स्रोतले बतायो । कांग्रेस्‌ले क्रियाशील सदस्यता अध्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये जेठ २७ गते हिजो बेलुकासम्म ४ लाख ५७ हजार ३६६ जनाले एसीआईडी प्राप्त गरिसकेको दावी गरे पनि त्यो संख्या सहि नभएको उच्च स्रोतले बतायो । ।

    त्यस बाहेक थप १ लाख २४ हजार ७४८ जनाले स्वयं अध्यावधिक फाराम पेस गरी अध्यावधिक प्रक्रियामा सहभागी भइसकेको दावी कांग्रेसले गरे पनि संस्थापन इतर पक्षलाई गलाउँने रणनितिका साथ फरक – फरक डाटा प्रचार गरिएको कांग्रेस स्रोतले बतायो । संस्थापन इतर पक्ष सदस्यता अद्यावधिकको विपक्षमा छ भने संस्थापन पक्ष जसरी पनि अद्यावधिक गराउने पक्षमा छ । विहिवार १२ बज सम्म अधावधिकको अवधि तोकिए पनि सोचे भन्दा न्युन सदस्यले मात्रै प्रक्रियामा सहभागी भए पछि म्याद थप्न लागिएको हो ।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij