Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पार्टी एकतामा कुनै प्रगति भएको छन : पूर्ण बहादुर खड्का


  • आइतबार, जेष्ठ २४ २०८३

  • पार्टी एकतामा कुनै प्रगति भएको छन : पूर्ण बहादुर खड्का

    काठमाडौ – नेपाली कांग्रेसका नेता पूर्णवहादुर खड्काले पार्टी एकताको कुनै प्रगति नभएको बताएका छन । उनले सामाजिक सञ्जालमा आएका भ्रमपूर्ण हल्लाबाट प्रभावित नहुन पार्टीका सबै तहका पदाधिकारिहरु, नेताहरु र क्रियाशिल सदस्य हरुलाई आग्रह गरेका छन । उनले
    सभापति गगन थापासंग मेराे कुनै पनि प्रकृतिकाे सम्पर्क र संबाद नभएकाे ३१ दिन भएको उल्लेख गरेका छन । ‘पार्टीको सम्पूर्ण एकताकाे लागि ईमान्दार प्रयत्न गर्दा पनि खासै कुनै प्रगति भएकाे छैन’ – खड्‌काले भने । यथार्थ भन्दा फरक हल्ला र बिकसित घटनाक्रम बाट म चिन्तित भएकाे भएको उनले बताए ।
    १५ अाै महाधिबेनका लागि नबिकरण गराएका र नयाँ क्रियाशिल सदस्यहरुलाई अध्यावधिककाे नाममा दिईएका दबाबका कुराहरु देशैभरिबाट आइरहेको जनाउँदै यस्तो प्रबृत्ति पार्टी जीवनका लागि अत्यन्त घातक भएको उनको भनाई छ ।
    ‘१५ अाै महाधिबेशनका लागि नबिकरण गराएका र नयाँ क्रियाशिल सदस्यता लिएकाहरुलाई अध्यावधिक नगरेकाे निहुमा कसैलाई १५ अाै महाधिबेशनमा भाग लिनबाट कसैले बन्चित गर्न- गराउन सक्तैन।
    सबैलाई महाधिबेशनमा स्वतःभाग लिन पाउने ब्यबस्थाकाे सुनिश्चितता गर्नु हाम्राे जिम्मेवारी हाे – ढुक्क हुनुस! ‘ – खडकाले भने ।
    नेताहरुकाे क्रियाशिल सदस्यता अध्यावधिक स्वतः केन्द्रले गराई दिन्छ भन्ने २ दिन देखि फैलाईएका अफवाहरु पार्टी पङ्तिमा भ्रम पार्न गराईएका हल्ला मात्र भएको खड्‌काले स्पष्ट पारेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij