काठमाडौ – नेपाली कांग्रेसको क्रियाशिल सदस्यता अद्यावधिक निराशाजनक देखिएको छ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसले सदस्यता अनलाइन अद्यावधिक गर्ने निर्णय गरेको थियो । संस्थापन इतर पक्षको असद्मतिका विच अघि बढाइएको सदस्यता अद्यावधिकमा क्रियाशिल सदस्यहरुले रुचि देखाएनन । ८ लाख ७० हजार भन्दा बढी क्रियाशिल सदस्य रहेको कांग्रेसमा अहिले एक लाखले पनि सदस्यता अद्यावधिक गरेका छैनन् । तर कांग्रेस नेतृत्वले अद्यावधिक गर्नेको संख्या दुई लाख हाराहारी पुगेको दावी गरेको छ ।
केन्द्रीय स्तर देखि वडा तह सम्मका नेतृत्व तहबाटै सदस्यता अद्यावधिक भएको छैन । पहिला नै सदस्यता शुल्क सहित सदस्यता अद्यावधिक गरिसकेकाले अहिले गरिएको यो प्रक्रिया प्रति धेरैको असहमति रहेको छ । केन्द्रिय कार्यालय र पदाधिकारीको चर्को दबाव र चेतावनीका विच पनि सदस्यता अद्यावधिक निरासाजनक देखिएको हो ।
अद्यावधिक गर्नेको संख्या न्युन भए पछि सदस्यता अद्यावधिक गर्नेहरूले सामाजिक सञ्जालमा राखेर अभियान नै संचालन गरिरहेका छन । विहिवार रातिबाट अद्यावधिक गर्ने म्याद सकिदै छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
