काठमाडौं – सरकारले विभिन्न मुलुकमा रहेका नेपाली मानार्थ वाणिज्य दूत तथा महावाणिज्य दूतहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ। शुक्रवार बसेको मन्त्रीपरिषद बैठकले गरेका थाप निर्णय यस प्रकार छ ।
मन्त्रीपरिषदका तीन निर्णय यस्तो छ :
संसद् सम्बोधन: आगामी वैशाख २८ गते सोमबार अपराह्न ४:०० बजे सम्माननीय राष्ट्रपतिज्यूबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन हुने। यस प्रयोजनका लागि माननीय सदस्यहरूको उपस्थितिको आह्वान गर्न अनुरोध गरिएको छ।
परराष्ट्र मामिला: विदेशस्थित विभिन्न मुलुकमा कार्यरत १५ जना नेपाली मानार्थ वाणिज्य दूत तथा महावाणिज्य दूतहरूलाई पदमुक्त गर्ने निर्णय।
अन्तर्राष्ट्रिय महासन्धि: अन्तर्राष्ट्रिय श्रम सङ्गठनको ‘बाध्यकारी श्रम महासन्धि, १९३०’ सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ र ‘श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७’ (नं. ८१) अनुमोदनका लागि संघीय संसद् समक्ष पेस गर्न स्वीकृति प्रदान।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
