काठमाडौं – पूर्व अर्थमन्त्री ज्ञानेन्द्र वहादुर कार्की सहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको अभियोग लगाउँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । उनीहरू विरुद्ध ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी गरेर अख्तियारले मुद्दा दायर गरेको हो ।
अख्तियारले तत्कालीन अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, अर्थ मन्त्रालयका तत्कालीन सचिव शंकर प्रसाद अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव महेश्वर न्यौपानेसमेत १३ जना र ठेकेदार कम्पनी M/S CHINA CAMC ENGINEERING CO.LTD उपर सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी तथा दुरूपयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
