Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसले पूर्ण बहादुरको प्रष्टिकरणलाई राख्यो तामेली, कान्छाराम निलम्बित


  • बुधबार, बैशाख १६ २०८३

  • कांग्रेसले पूर्ण बहादुरको प्रष्टिकरणलाई राख्यो तामेली, कान्छाराम निलम्बित

    काठमाडौ – नेपाली कांग्रेसको अनुशासन समितिले नेता पूर्ण वहादुर खड्कालाई सोधेका स्पष्टिकरण तामेलिमा राखेको छ । समितिको बैठकले रामेछाप जिल्ला सभापति पूर्ण बहादुर तामाङ( कान्छाराम) लाई निलम्बन गरी कामकारवाही गर्न रोक लगाएको छ ।

    नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको वैठक समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर ललितपुरमा वस्यो । बैठकले देहाय बमोजिम निर्णय गरेको छ ।

    निर्णयहरु ः

    १. नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मिति २०८३ वैशाख २ गतेको निर्णयानुसार पूर्व का.वा. सभापति पूर्णबहादुर खडकालाई पदिय जिम्मेवारीका सम्बन्धमा स्पस्टिकरण सोधिएकोमा सम्मानित सर्बोच्च अदालतको मिति २०८३÷०१÷०४ गतेको फैसला पश्चात् उक्त निर्णयको औचित्य समाप्त भएकोले हाल यस विषयको निर्णय प्रक्रियालाई तामेलीमा राख्ने निर्णय गर्दछ ।

    २. नेपाली कांग्रेस रामेछाप जिल्ला सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम) लाई नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मिति २०८३÷०१÷०७ गतेको निर्णय अनुसार अनुशासन उल्लघंनको कसुरमा स्पष्टिकरण सोधिएकोमा निजले पार्टी नेतृत्वका विरुद्धमा वद्नियत राखी भ्रमपूर्ण र तथ्यहिन अभिव्यक्ति दिएको कुरालाई स्वीकार गरी त्यस्तो अभिप्राय थिएन भनी मिति २०८३÷०१÷०८ गतेका दिन दिनु भएको स्पष्टिकरण जवाफ प्रारम्भिक रुपमा हेर्दा सन्तोषजनक एवं चित्तवुझ्दो नदेखिएको हुँदा यस विषयमा थप अनुसन्धान गरी निर्णय तहमा पुग्नु पर्ने देखिएकोले निज पुर्ण बहादुर तामाङ (कान्छाराम) लाई सभापति पदमा राखिराख्दा अनुसन्धान कार्य प्रभावित हुने भएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (८) (ङ) तथा ऐ. नियमावली, २०७६ को नियम २८ (३) बमोजिम अनुशासन उल्लघंन गरेको कसुरमा निर्णय नहुन्जेल सम्मका लागि पुर्ण बहादुर तामाङ (कान्छाराम) लाई आजैका मितिदेखि नेपाली कांग्रेस रामेछाप जिल्लाको सभापति पदमा रही कामकाज गर्न नपाउने गरी निलम्वन गर्ने निर्णय गर्दछ ।

    ३. नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको २०८२÷१२÷१८ गतेको निर्णय अनुसार २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा अनुशासन उल्लघंन गरिएको भनी विभिन्न जिल्लाका जिम्मेवार व्यक्तिहरु र प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुले नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा दिनु भएको उजुरीहरुलाई छानविनबाट वर्गीकरण गर्ने कार्य सम्पन्न भई सकेकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (१) बमोजिम अनुशासन उल्लघंन गरेको भनी आरोप लागेका व्यक्तिहरुबाट ७ (सात) दिनभित्र स्पष्टिकरण (सफाई) लिने निर्णय गर्दछ । साथै, स्पष्टिकरण सोधिएका व्यक्तिहरुलाई Whats’ Up, E-Mail, Viber, Messenger, हुलाक, कुरियर लगायतका छिटो साधनद्वारा पत्राचार गर्ने निर्णय समेत गर्दछ ।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij