काठमाडौं – नेपाली कांग्रेसको देउवा – खड्का समूहले पार्टी एकताको लागी चार वटा कडा सर्त अघि सारेको छ । मंगलवार बसेको उक्त समूहको बैठकमा नेता पूर्ण बहादुर खड्काले विशेष महाधिवेशनवाट आएको कार्य समिति र १४ औं महाधिवेशनबाट आएको कार्यसमिति एउटै बनाउँनु पर्ने, दुवै पक्षलाई समेटेर महाधिवेशन आयोजक समिति बनाउँछु पर्ने, निर्वाचन समिति र क्रियाशिल निर्वाचन समिति र क्रियाशिल सदस्यता छानविन समितिमा दुवै पक्षलाई समेट्नु पर्ने सर्त राखेका छन । जुन सर्त सजिलै स्वीकार्ने खालका छैनन् ।
खड्काले उक्त सर्तहरू पार्टी एकताका लागीभएको वताएका हुन् । उनले पार्टी एकता जोगाउँने जिम्मा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको भएको समेत भेलामा बताए । खड्काले पार्टीको अहिलेका दुर्गति विशेष महाधिवेशन कै कारण भएको बताए । पार्टीको यो अवस्थाका मुख्य दोषी पनि विशेष महाधिवेशनको अगुवाइ गर्नेहरू नै रहेको आरोप लगाए । उनले पार्टी एक भएर चुनावमा गएको भए ७० सिट सम्म जित्न सकिने विश्लेषण सुनाए ।
खड्काको सर्त र भनाइले उक्त समूह आवश्यक परे पार्टी विभाज गर्न समेत तयार हुँदै गएको देखाउँछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
