काठमाडौं – नेपाली कांग्रेस भित्रको विवाद पुनः सतहमा देखिएको छ । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता एवं पूर्व गृहमन्त्री रमेश लेखक पक्राउका वारेमा कार्यवहाक सभापतिका हैसियतले नेता पूर्णवहादुर खड्काले विज्ञप्ती निकाले पछि विशेष महाधिवेशनवाट घोषित गगन थापा सभापति रहेको कांग्रेसले गम्भिर रुपमा लिएको छ । खड्काले पुनः कार्यवहाक सभापति दावी गरे उनलाई सदस्यता नरहने गरी कारवाही गर्ने तयारी गरिएको छ ।
निर्वाचनका समय देउवा पक्षले आफ्नो पद सहित पुरानो अस्थित्व दावी नगरे पनि पछिल्लो समय खड्काले कार्यवहाक दावी गर्दै विज्ञप्ती जारी गरेका थिए भने केहि दिन पहिले विदेशमा रहेका शेरबहादुर देउवालाई सभापति भन्दै उनको सचिवालयले एउटा प्रेस नोट जारी गरेको थियो ।
यी दुई घटनाक्रमले दुइवटा नेपाली कांग्रेसको अस्थित्वमा देखिएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
